कोरोना भाइरसको आतंकपछि जीटीए क्षेत्रमा पनि देशी-विदेशी पर्यटकहरूलाई निषेध

दार्जिलिङ: दार्जिलिङको जीटीए सचिवालयमा आज टुरिजम, चालक संघ, होटल, होमस्टे, ट्राभल, एनजीओ लगायत अन्यका प्रतिनिधिहरुसँग जीटीए चेयरम्यान अनित थापाले एउटा बैठक गरे। उक्त बैठकमा व्यापक चर्चा परिचर्चा गरेपछि सामूहिक रूपमा केही महत्वपूर्ण निर्णयहरु पारित गरिएको छ।
कोरोना भाइरस (कोभिद 19)- को सङ्क्रमण रोक्न जीटीएका अध्यक्ष अनि प्रशासनद्वारा पर्यटन क्षेत्र, अभिभावक तथा साधारण जनतालाई निम्नलिखित अपील गरिएको छ।
1. होटल अनि होमस्टे को बुकिङ तुरन्तै बन्द । कुनै पनि नयाँ पर्यटकलाई GTA क्षेत्रमा प्रवेश निषेध।
2. बुकिङ रद्द गरेको खण्डमा रद्द गरिने फीस नलिइने ।
3. पर्यटकहरूलाई आफ्नो प्लान परिवर्तन गर्न प्रोत्साहन गर्ने।
4. स्थानीय जीटीए क्षेत्रका वासिन्दालाई केवल अति आवश्यक परेको खण्डमा मात्र बाहिर जाने निर्देश।
5. 10 जनाभन्दा बढीको झुण्डमा नबस्ने तथा एक-आपसमा दूरी राख्ने।
6. रेसटुरेन्टहरु सफा राख्ने निर्देश।
7. अभिभावकलाई निवेदन गर्दछौं कि आफ्नो नानीहरूलाई व्यस्त राख्नु अनलाइन शिक्षा, नयाँ हबी राख्न प्रोत्साहन गर्नुहोस्। वरीपरी सर-सफाइ, शारीरिक सफाई राख्नु सिकाउनु होस्।
8. Engineering डिपार्टमेन्टले प्रत्येक क्षेत्रमा कोरोना विषय जागरुक अभियान चलाउने।
9. जीटीएद्वारा चिया बगान अनि सिनकोना बगानमा जागरूकता अभियान चलाउँदै छन।
10. बाहिरबाट आएर हाट अनि बाटो घाटोमा पसल राख्नेहरुलाई अब पसल राख्न नदिइने।
11. सबै राजनैतिक पार्टी अनि अन्य संस्थाहरुलाई कुनै पनि भीड हुने कार्यक्रमहरु बन्द गरिदिने अपिल।
12. समाज भवन अनि अन्य कुनै पनि भवनलाई सामाजिक कार्यको निम्ति प्रयोग गर्नु बन्द गर्नुहोस्।
यसवाहेक अन्य सान्दर्भिक कुराहरू :
पक्षिम बंगालमा कोरोनाको जाँच गर्न दुईवटा केन्द्रहरू NICED र SSKM छन। पहाडको निम्ति उत्तरबंग मेडिकल कलेज एवम् अस्पताल (NBMCH) मा नमूना जमा गर्ने व्यवस्था गरिएको छ। यसवाहेक खरसाङ, कालेबुङ, मिरिक अनि दार्जीलिङमा Isolation वार्ड सञ्चालन शुरू ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *