दार्जिलिङ: दार्जिलिङको जीटीए सचिवालयमा आज टुरिजम, चालक संघ, होटल, होमस्टे, ट्राभल, एनजीओ लगायत अन्यका प्रतिनिधिहरुसँग जीटीए चेयरम्यान अनित थापाले एउटा बैठक गरे। उक्त बैठकमा व्यापक चर्चा परिचर्चा गरेपछि सामूहिक रूपमा केही महत्वपूर्ण निर्णयहरु पारित गरिएको छ।
कोरोना भाइरस (कोभिद 19)- को सङ्क्रमण रोक्न जीटीएका अध्यक्ष अनि प्रशासनद्वारा पर्यटन क्षेत्र, अभिभावक तथा साधारण जनतालाई निम्नलिखित अपील गरिएको छ।
1. होटल अनि होमस्टे को बुकिङ तुरन्तै बन्द । कुनै पनि नयाँ पर्यटकलाई GTA क्षेत्रमा प्रवेश निषेध।
2. बुकिङ रद्द गरेको खण्डमा रद्द गरिने फीस नलिइने ।
3. पर्यटकहरूलाई आफ्नो प्लान परिवर्तन गर्न प्रोत्साहन गर्ने।
4. स्थानीय जीटीए क्षेत्रका वासिन्दालाई केवल अति आवश्यक परेको खण्डमा मात्र बाहिर जाने निर्देश।
5. 10 जनाभन्दा बढीको झुण्डमा नबस्ने तथा एक-आपसमा दूरी राख्ने।
6. रेसटुरेन्टहरु सफा राख्ने निर्देश।
7. अभिभावकलाई निवेदन गर्दछौं कि आफ्नो नानीहरूलाई व्यस्त राख्नु अनलाइन शिक्षा, नयाँ हबी राख्न प्रोत्साहन गर्नुहोस्। वरीपरी सर-सफाइ, शारीरिक सफाई राख्नु सिकाउनु होस्।
8. Engineering डिपार्टमेन्टले प्रत्येक क्षेत्रमा कोरोना विषय जागरुक अभियान चलाउने।
9. जीटीएद्वारा चिया बगान अनि सिनकोना बगानमा जागरूकता अभियान चलाउँदै छन।
10. बाहिरबाट आएर हाट अनि बाटो घाटोमा पसल राख्नेहरुलाई अब पसल राख्न नदिइने।
11. सबै राजनैतिक पार्टी अनि अन्य संस्थाहरुलाई कुनै पनि भीड हुने कार्यक्रमहरु बन्द गरिदिने अपिल।
12. समाज भवन अनि अन्य कुनै पनि भवनलाई सामाजिक कार्यको निम्ति प्रयोग गर्नु बन्द गर्नुहोस्।
यसवाहेक अन्य सान्दर्भिक कुराहरू :
पक्षिम बंगालमा कोरोनाको जाँच गर्न दुईवटा केन्द्रहरू NICED र SSKM छन। पहाडको निम्ति उत्तरबंग मेडिकल कलेज एवम् अस्पताल (NBMCH) मा नमूना जमा गर्ने व्यवस्था गरिएको छ। यसवाहेक खरसाङ, कालेबुङ, मिरिक अनि दार्जीलिङमा Isolation वार्ड सञ्चालन शुरू ।
कोरोना भाइरसको आतंकपछि जीटीए क्षेत्रमा पनि देशी-विदेशी पर्यटकहरूलाई निषेध

Share this story
More from North Bengal
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
Siliguriनक्सलबारीमा ब्राउन सुगर र नगद उद्धार प्रकरण: अझ 2 जना पक्राउ
नक्सलबारी, 6 जून (निसं): नक्सलबारी थाना पुलिसले ब्राउन सुगर र नगद उद्धार गरेको प्रकरणमा दुई जना थप लागूपदार्थ व्यवसायमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार गत 15 मईमा नक्सलबारीको टुकरिया मोडस्थित एउटा घरमा पुलिसले छापा मार्दा 70 ग्राम ब्राउन सुगर र 2 लाख 65 हजार रूपियाँ नगद उद्धार गरिएको थियो। सोही राती पुलिसले तीन जनालाई पक्राउ गरेको थियो।…
Siliguriफूड सेफ्टी विभागद्वारा सिलगढीका होटल-रेस्टुँरेन्टमा फेरि विशेष अभियान
सिलगढीमा खाद्य सुरक्षा सम्बन्धी नियमहरूको निगरानी गर्न फूड सेफ्टी विभागले आज फेरि विशेष अभियान चलायो। आजको अभियान ईस्टर्न बाइपासको बाणेश्वर मोडदेखि आशीघर मोडसम्म चलाइएको थियो। यस क्रममा भक्तिनगर थाना, आशीघर चौकी, एनफोर्समेन्ट ब्रान्च र दमकल विभागको टोली उपस्थित रहेको थियो। उक्त अभियान अन्तर्गत, विभिन्न होटल, मिठाई पसल, रेस्टुरेन्ट र फास्ट फुड पसलहरूको निरीक्षण गरिएको थियो। निरीक्षणको क्रममा एउटा मिठाई दोकानमा…
नक्सलबारीमा ब्राउन सुगरसहित दुई जना युवक पक्राउ
नक्सलबारी, 5 जून (निसं): नक्सलबारी थाना पुलिसद्वारा 23 ग्राम ब्राउन सुगरसहित दुई जना युवकलाई पक्राउ गरिएको छ। पक्रा पर्नेहरूको नाम शोहान लामजेल र जिग्मी तामाङ रहेको छ। दुवै जना दार्जीलिङ सदर क्षेत्रका वासिन्दा हुन्। जानकारी अनुसार, गत राति उनीहरूले खोरीबारीस्थित पानीट्याङकी क्षेत्रबाट ब्राउन सुगर किनेर मोटरसाइकल मार्फत दार्जीलिङ जाँदै गरेका थिए। गोप्य सूचनाको आधारमा पुलिसले नक्सलबारीको जाबडा मोड क्षेत्रमा अभियान…
