सीपीएम-द्वारा फुलबारी 2 नम्बर ग्राम पञ्चायत प्रधानलाई ज्ञापन

राजगञ्ज : सात सूत्री मागलाई लिएर सीपीएमले आज फुलबारी 2 नम्बर ग्राम पञ्चायत कार्यालयमा एउटा ज्ञापन पत्र चढायो। संगठनको फुलबारी एरिया कमिटीद्वारा आज उक्त ज्ञापन पत्र चढाएको हो। यस अवसरमा दार्जिलिङ जिल्ला सचिव मण्डलीका सदस्य दिलीप सिंहले फुलबारी 2 नम्बर ग्राम पञ्चायत इलाकामा सरकारी जमीनमा बसोबासो गर्दै आइरहेका मानिसहरूलाई जमीनको पट्टा प्रदान गरिनुपर्ने, इलाकाको मुख्य सड़कहरूमा स्ट्रीट लाइटको व्यवस्था गरिनुपर्ने, फुलबारी इलाकामा पिउने पानीको व्यवस्था गरिनुपर्ने लगायत सात सूत्रीय मागलाई लिएर ग्राम पञ्चातका प्रधानसित भेट गरेर एउटा ज्ञापन पत्र चढाएको बताए। यस अवसरमा सीपीएम दार्जिलिङ जिल्ला सचिव मण्डली सदस्य दिलीप सिंह, जिल्ला कमिटीका सदस्य दिवस चौबे, फुलबारी एरिया कमिटीका सचिव अनिमेष सरकार, एरिया कमिटीका सदस्य आईजुर रहमान, देवाशीष अधिकारी लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *