डाबग्राम-फुलबारीका प्रार्थी दिलीप सिंहले एनजेपीमा गरे चुनावी सभा

सिलगढी डाबग्राम-फुलबारी विधानसभा आसनका वाम-कङ्ग्रेस गठबन्धनका प्रार्थी दिलीप सिंहको पक्षमा आज एनजेपी गेटबजारको युवा भारती क्लब संलग्न इलाकाका अवकाशप्राप्त रेलवेका कर्मचारीहरूलाई लिएर एउटा चुनावी सभाको आयोजना गरियो। उक्त सभालाई सम्बोधन गर्दै प्रार्थी दिलीप सिंहले उपस्थित अवकाशप्राप्त कर्मचारीहरूलाई आफ्नो समर्थनमा मतदान गर्ने अपील गरे।


केही दिन अघिदेखि नै आफू चुनाउ प्रचारमा लागि घर-घरमा गएर मानिसहरूसित भेटेर कुराकानी गरेको जानकारी दिँदै तिनले आउँदो विधानसभा चुनाउमा आफ्नो पार्टीको जीत निश्चित रहेको दावी गरे। उक्त सभामा 32 नम्बर वार्ड को-अर्डिनेटर तापस च्याटर्जी लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *