डाबग्राम फुलबारी भाजपा-द्वारा कृषि बीलको समर्थनमा र्‍याली

सिलगढी : कृषि बील माफ गरिनुपर्ने मागमा देशभरिमै राजनैतिक आन्दोलन भइरहेको छ भने यता सिलगढीमा डाबग्राम फुलबारी भाजपाले यसको समर्थनमा एउटा र्‍यालीको आयोजना गर्यो। आज संगठनको पक्षबाट कृषि बीलको समर्थनमा सिलगढीको आसिघर मोड संलग्न डाकेश्वरी मन्दिर प्राङ्गणबाट एउटा र्‍यालीको आयोजना गरेर विभिन्न इलाकाको परिक्रमा गर्यो। जलपाईगढी जिल्ला भाजपा महिला मोर्चाका सभानेत्री शिखा च्याटर्जीले केन्द्र सरकारको उक्त कृषि बील देशका कृषकहरूको हितमा रहेको दावी गर्दै उक्त बील लागू भए तिनीहरूलाई कालो बजार गर्नेहरूले ठग्न नसक्ने बताइन्। कृषकहरूले उत्पादित फसल उचित मूल्यमा सोझै सरकारलाई बिक्री गर्न पाउनेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *