डकैती गर्ने उद्देश्यले भेला भएका 3 जना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले हिजो अबेर राति डकैती गर्ने उद्देश्यले भेला भएका 3 जना दुष्कृतिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू क्रमैले सिपाहीपाडा निवासी बाप्पा साहनी, बारीभाषा इलाका निवासी चेतन पासवान र हातियाडाङ्गा निवासी लाल्टु दास सामेल छन्। प्राप्त जानकारीअनुसार गत अबेर राति फुलबारी बजार संलग्न इलाकामा 12-14 जना दुष्कृतिहरू डकैत गर्ने उद्देश्यले भेला भएका थिए. गोप्य सूचनाको आधारमा एनजेपी थाना पुलिसले सादा पोसाकमा उक्त इलाकामा अभियान चलाएर 3 जनालाई पक्राउ गरे तापनि अन्य दुष्कृतिहरू भाग्न सफल भए। पुलिसले तिनीहरूबाट केही धारिलो हतियार पनि उद्धार गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार पक्रा परेकाहरूविरुद्ध थानामा अगावै केही अभियोग दर्ता गरिएको छ। पुलिसले अन्य दुष्कृतिहरूको खोजी शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibom 726Onwincasibom girişcasibomholiganbetbets10onwin girişcasibomJOJO BET