डम्परको धक्काले छात्राको मृत्यु

कुचबिहार : कुचबिहारको दिनहाटामा डम्परको धक्काले 11औँ श्रेणीको छात्राको मृत्यु भएको छ। मृत छात्रा दिनहाटाको आमबारी इलाका निवासी मान्तु सिंहको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार स्कुल छुट्टी भएपछि मान्तु सिंह साइकलमा सवार भएर घर फर्किरहेको समय एउटा डम्पर अनियन्त्रित भएर साइकललाई धक्का दिँदा तिनी गम्भीर रूपमा घाइते भइन्। स्थानीय मानिसहरूको सहयोगमा तत्कालै तिनलाई दिनहाटा महकुमा अस्पतालमा लगे तापनि त्यहाँका डाक्टरले मृत घोषित गरिदिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर डम्परलाई आफ्नो नियन्त्रणमा लिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *