दार्जिलिङ जिल्ला माकपाद्वारा नेताजीलाई श्रद्धाञ्जलि

सिलगढी : दार्जिलिङ जिल्ला माकपाको तर्फबाट आज नेताजी जयन्ती पालन गरियो। यस अवसरमा सिलगढीको सुभाषपल्लीस्थित नेताजी चौकमा नेताजी सुभाष चन्द्र बोसको सालिगमा माकपा नेता सूर्यकान्त मिश्र, सिलगढीका विधायक तथा मेयर अशोक भट्टाचार्य, जीवेश सरकारलगायत अन्य व्यक्तिहरूले माल्यार्पण गरे। यस अवसरमा माकपा नेता सूर्यकान्त मिश्रले नेताजीको आदर्शहरूबारे आफ्नो वक्तव्य राख्दै विपक्षी संगठनहरूलाई केन्द्र सरकारविरुद्ध आन्दोलन गर्ने आहवान पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *