दार्जिलिङ जिल्लाबाट 39 जना कोरोना संक्रमित

सिलगढी : दार्जिलिङ जिल्ला अन्तर्गत पर्ने विभिन्न ठाउँहरूबाट गत 24 घण्टाको अवधिमा 39 जना कोरोना संक्रमित भएको सम्बन्धित स्वास्थ्य विभागले जारी गरेको विज्ञप्तिमा बताइएको छ। उक्त विज्ञप्तिअनुसार सिलगढी नगरनिगम क्षेत्रबाट 14 जना, खोरीबारीबाट 2 जना, सुकुना 5 जना, खरसाङ नगरपालिकाबाट 1 जना, मतिगढाबाट 7 जना, मिरिकबाट 2 जना, मिरिक नगरपालिका क्षेत्रबाट 1, नक्सलबारीबाट 5 जना, पुलबजार बिजनबारीबाट 1 जना, सुकेपोखरीबाट 1 जना कोरोना संक्रमित सामेल छन्। यसैगरी, सिलगढी नगरनिगम क्षेत्र (जलपाईगढी लगायत) बाट 24 वटा कोरोनाको नयाँ मामिला देखापरेको छ। यसको साथै होम आइसोलेनमा रहेका 66 जना कोरोना संक्रमितहरू स्वास्थ्य भएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *