दार्जिलिङ जिल्लामा कोरोनाको मोठ 101 नयाँ मामिला

सिलगढी : भारतमा कोरोना भाइरसको दोस्रो लहर आउनको साथै कोरोनाको मामिला तीव्र गतिमा बढिरहेको छ। गत 24 घण्टामा दार्जिलिङ जिल्लामा 101 जना कोरोना संक्रमित भएका छन्। जसमध्ये सिलगढी नगरनिगमको केही वार्डहरूमा 49 जना, दार्जिलिङ नगरपालिकामा 3 जना, सुकुना 1, मतिगढामा 25 जना, खोरीबारीमा 1, नक्सलबारीमा 14 र फाँसीदेवामा 8 जना मानिसहरू कोरोना सङ्क्रमित भएका छन्। अर्कोतिर, दार्जिलिङ र जलपाईगढी दुवै जिल्लालाई मिलाएर सिलगढी नगरनिगम इलाकाका मोठ 83 जना मानिसहरू कोरोना संक्रमित भएका छन्। यसबाहेक जिल्ला अस्पताल र होम आइसोलेशनमा बसेका 15 जना मानिसहरू कोरोना सङ्क्रमणबाट निजात पाएर घर फर्किआएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *