दार्जिलिङ जिल्ला तृणमूल युवा कङ्ग्रेस अध्यक्ष कुन्तल रायको वाहन तोड़फोड़, जाँचमा जुट्यो पुलिस

सिलगढी : दार्जिलिङ जिल्ला तृणमूल युवा कङ्ग्रेस सभापति कुन्तल रायको वाहनमा तोडफोड गरेको घटनाले इलाकामा तनाउको माहौल सृष्टि भएको छ। प्राप्त जानकारीअनुसार गत राति कुन्तल राय डाबग्राम-फुलबारी विधानसभा आसनका प्रार्थी गौतम देवको समर्थनमा चुनाउ प्रचार गरेर घर फर्केपछि तिनले आफ्नो वाहन घर अघि राखेका थिए। तर आज बिहान तिनको वाहन केही दुष्कृतिहरूले तोड़फोड गरेको अवस्थामा देखेपछि यसबारे सिलगढी पुलिसलाई खबर दिए।  घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर सीसीटीभी फुटेजको सहयोगमा घटनाको छानबीन शुरू गरेको छ। दुष्कृतिहरूले वाहन तोडफोड गर्नको साथै वाहनमा राखेको पार्टीको केही आवश्यक कागजपत्रहरू समेत लगेको कुन्तल रायले बताएका छन्। उक्त घटनामा भाजपाका कार्यकर्ताहरू संलग्न रहेको हुनसक्ने तिनले आशंका व्यक्त गरेका छन्। तथापि, भाजपाले उक्त आरोपलाई अस्वीकार गर्दै भाजपा सिलगढी सांगठनिक जिल्ला महासचिव राजु साहाले सिलगढी पुलिसले घटनाको जाँच गरिरहेको बताए। घटनामा कुनै पनि भाजपा सदस्य सामेल नरहेको तिनले दावी गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *