सिलगढी : कोभिड 19-को दोस्रो लहरले देशभरिमै कोरोना संक्रमितहरूको सङ्ख्या बढ्दै गइरहेकोले दार्जिलिङ जिल्लाका सबै जनालाई सतर्क बनेर, मास्क लगाएर, सामाजिक दूरीको नियमहरू पालन गरिदिने साथै सरकारद्वारा निर्देशित नियमहरूलाई पालन गरिदिने दार्जिलिङका सांसद राजु विष्टले सबैसित अनुरोध गरेका छन्। तिनले दार्जिलिङ, कालेबुङ र सिलगढीको सरकारी अस्पतालमा पनि पीएसए प्लान्ट्स (Pressure Swing Adsorption Plants) स्थापित गर्नको लागि देशका प्रधानमन्त्री नरेन्द्र मोदीलाई अनुरोध गरेको बताएका छन्। तिनले आज एउटा विज्ञप्ति जारी गरेर बताएअनुसार केन्द्र सरकारले देशभरि स्वास्थ्य सम्बन्धि सुविधाहरू अनि पूर्वाधार अझ दह्रिलो पार्ने दिशामा कार्य गरिरहेको दावी गरेका छन्। पहिलो चरणको कोरोना संक्रमण काल अवधि देशमा मूलभूत रूपमा आवश्यक वस्तुहरू जस्तै पीपीई किट्स, एन95 मास्क, सेनिटाइजर लगायत भेन्टिलेटरहरू पाउन निक्कै गाह्रो थियो। तर अहिले देशमा 7 हजार करोड़ रुपियाँको उद्योगको साथ विश्वमा नै पीपीई किट्सको दोस्रो सबैभन्दा ठुलो उत्पादक बन्न सफल भएको तिनले बताएका छन्। देश स्वतन्त्र भएदेखि 2020 सम्मको अवधिमा देशमा लगभग 30 हजार भेन्टिलेटर मात्र थियो भने गत 12 महिनाको अवधिमा नै केन्द्र सरकारले भारतमा नै निर्मित थप 36 हजार भेन्टिलेटर आपूर्ति गरेको तिनले जानकारी दिएका छन्। यसको साथै कोभिड संक्रमण शुरू हुन अघि देशमा एन95 मास्क बनाउने मात्र तीनवटा कम्पनी थियो भने अहिले देशमा 3 हजारभन्दा अधिक कम्पनीहरू रहेकोले गर्दा घरेलु उत्पादन क्षमता 8 लाख प्रतिदिन पुगिसकेको बताइएको छ। यसैगरी, टीकाकरणको हिसाबले, भारत 14.5 करोड़ देशवासीहरूको तीव्र गतिमा टीकाकरण गर्ने विश्वमा नै पहिलो देश बनेको छ। अब आगामी 1 मईदेखि 18 वर्षदेखि अधिक उमेर पुगेका सबै भारतीयहरूलाई टीकाकरण कार्य शुरू भएपछि यो दर अझ बढ़ेर जाने तिनले बताएका छन्। टीकाकरणको लागि पञ्जीकरण गर्न सहयोग पुर्याउन विशेष गरेर युवा पिँढीहरूलाई अघि आइदिने सांसद राजु विष्टले अपील गरेका छन्।
दार्जिलिङ, कालेबुङ र सिलगढीको सरकारी अस्पतालमा पीएसए प्लान्ट्स-को व्यवस्था गरिदिनुपर्ने सांसद विष्टले गरे प्रधानमन्त्रीलाई माग

Share this story
More from Siliguri
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन
सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ। जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती…
