दार्जीलिङको बडा गिङ निवासी  भारतीय सेनाका क्याप्टेन ब्रिजेश थापा जम्मू कश्मीरमा सहिद  

दार्जीलिङ (निसं): दार्जीलिङको लेबोङ नजिक बडा गिङ निवासी कर्णेल (सेवानिवृत्त) भुवनेश थापाका छोरा  क्याप्टेन ब्रिजेश थापा (27) सहित तीन अन्य सेनाका जवानहरू सोमबार डोडा, जम्मू कश्मीरमा आतंकवादीहरू विरुद्धको अपरेशनमा सहिद भएका छन्। प्राप्त जानकारी अनुसार क्याप्टेन ब्रिजेश थापा 145 आर्मी एयर डिफेन्समा कार्यरत थिए। तिनी गत दुई वर्षदेखि 10 राष्ट्रिय राइफलमा अतिरिक्त रेजिमेन्टल ड्युटीका लागि डोडामा तैनाथ भएका थिए। उनको पार्थिव शरीर भोलि गाउँ ल्याइपुऱ्याउने सम्भावना रहेको बताइएको छ।


देशको निम्ति प्राणको आहुति दिने गोर्खा सपुत सहिद क्याप्टेन ब्रिजेश थापाको निधनमा शोकको लहर छाएको छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO