दार्जिलिङमा दुई दिवसीय एडभोकेसी जर्नलिजम कार्यशालाको समापन

दार्जिलिङ (निसं): युनिसेफ पश्चिम बंगाल र कोलकत्ता प्रेस क्लबको आयोजनमा दार्जिलिङमा दुई दिवसीय एडभोकेसी जर्नलिजममाथि कार्यशाला सम्पन्न गरियो। उक्त दुई दिवसीय कार्यशालामा पत्रकारहरूलाई मिडिया एडभोकेसी जर्नलिजम र जर्नलिजम विकासबारे कार्यशाला गराए। यस कार्यक्रमको प्रोजेक्ट डायरेक्टर डा. उमा शंकर पाण्डेले सञ्चालन गरेका थिए भने उनले नै वर्तमान समयमा पत्रकारितामा चाहिने तक्निकी विषय जस्तै च्याट जीपीटी र क्यानभा विषयमा जानकारीसहित ट्रेनिङ गराए। कोलकोता प्रेस क्लबको सभापति डा. स्नेहाशिष सुर, ईण्डियन इन्स्टीट्युट अफ् मास कम्युनिकेशनको निर्देशक डा. मृणाल च्याटर्जीले जर्नलिजमको विकास र एडभोकेसी जर्नलिजमबारे कार्यशाला गराए। त्यसरी नै कोलकोताका वरिष्ठ पत्रकार अमल सरकारले कार्यशालामा पत्रकारितामा स्टोरी खोज्नु साथै पत्रकारितामार्फत् समस्या देखाउनु साथै जनताको लागि समाधानको मार्ग निकाल्ने प्रयास गरिनु पर्ने विषयमा चर्चा परिचर्चा गर्दै कार्यशाला गराएका थिए। यस दुई दिवसीय कार्यशालाको अन्त्यमा आज सहभागीहरूलाई प्रमाण पत्रसहित उपहार प्रदान गरे। त्यसरी नै सबै पत्रकारहरूको पक्षमा युनिसेफका अधिकारीहरू, कोलकत्ता प्रेस क्लबका अधिकारीहरू र स्रोत व्यक्तिहरूलाई ढाकाको खदा र ढाकाको टोपी लगाइदिएर सम्मान जनाइयो। यसको साथै सबै पत्रकारहरूको पक्षबाट वरिष्ठ पत्रकार सञ्जय प्रधानले कार्यशालाको लागि धन्यवाद ज्ञापन गरे। यस कार्यशालामा दार्जिलिङ, कालेबुङ, खरसाङ, बिजनबारी, सोनादा आदि क्षेत्रबाट पत्रकारहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *