दार्जिलिङ (निसं): युनिसेफ पश्चिम बंगाल र कोलकत्ता प्रेस क्लबको आयोजनमा दार्जिलिङमा दुई दिवसीय एडभोकेसी जर्नलिजममाथि कार्यशाला सम्पन्न गरियो। उक्त दुई दिवसीय कार्यशालामा पत्रकारहरूलाई मिडिया एडभोकेसी जर्नलिजम र जर्नलिजम विकासबारे कार्यशाला गराए। यस कार्यक्रमको प्रोजेक्ट डायरेक्टर डा. उमा शंकर पाण्डेले सञ्चालन गरेका थिए भने उनले नै वर्तमान समयमा पत्रकारितामा चाहिने तक्निकी विषय जस्तै च्याट जीपीटी र क्यानभा विषयमा जानकारीसहित ट्रेनिङ गराए। कोलकोता प्रेस क्लबको सभापति डा. स्नेहाशिष सुर, ईण्डियन इन्स्टीट्युट अफ् मास कम्युनिकेशनको निर्देशक डा. मृणाल च्याटर्जीले जर्नलिजमको विकास र एडभोकेसी जर्नलिजमबारे कार्यशाला गराए। त्यसरी नै कोलकोताका वरिष्ठ पत्रकार अमल सरकारले कार्यशालामा पत्रकारितामा स्टोरी खोज्नु साथै पत्रकारितामार्फत् समस्या देखाउनु साथै जनताको लागि समाधानको मार्ग निकाल्ने प्रयास गरिनु पर्ने विषयमा चर्चा परिचर्चा गर्दै कार्यशाला गराएका थिए। यस दुई दिवसीय कार्यशालाको अन्त्यमा आज सहभागीहरूलाई प्रमाण पत्रसहित उपहार प्रदान गरे। त्यसरी नै सबै पत्रकारहरूको पक्षमा युनिसेफका अधिकारीहरू, कोलकत्ता प्रेस क्लबका अधिकारीहरू र स्रोत व्यक्तिहरूलाई ढाकाको खदा र ढाकाको टोपी लगाइदिएर सम्मान जनाइयो। यसको साथै सबै पत्रकारहरूको पक्षबाट वरिष्ठ पत्रकार सञ्जय प्रधानले कार्यशालाको लागि धन्यवाद ज्ञापन गरे। यस कार्यशालामा दार्जिलिङ, कालेबुङ, खरसाङ, बिजनबारी, सोनादा आदि क्षेत्रबाट पत्रकारहरू उपस्थित थिए।
दार्जिलिङमा दुई दिवसीय एडभोकेसी जर्नलिजम कार्यशालाको समापन

Share this story
More from Kurseong
Kurseongबाघडुग्रा विमानस्थलमा आइतबार नयाँ टर्मिनलको शिलान्यास गर्नेछन् प्रधानमन्त्रीले, सांसदले कार्यक्रम स्थलको गरे परिभ्रमण
सिलगढी, 19 अक्टोबर (निसं): प्रधानमन्त्री नरेन्द्र मोदीले भोली आइतबार बाघडुग्रा विमानस्थलको नयाँ टर्मिनलको शिलान्यास गर्ने भएका छन्। प्रधानमन्त्री यस शिलान्यास कार्यक्रममा भर्चुअल रूपमा उपस्थित रहनेछन्। नयाँ विमानस्थलको पुनःनिर्माणका लागि लगभग 1540 करोड रुपियाँ खर्च गरिनेछ। नयाँ अन्तर्राष्ट्रिय विमानस्थल 70,400 वर्ग मिटरमा फैलिनेछ। यस विमानस्थलमा आधुनिक सबै सेवाहरू उपलब्ध हुनेछन्। सिलगढीको कावाखाली मैदानमा भोलि आइतबार यस कार्यक्रमको आयोजना गरिनेछ। त्यहाँ प्रधानमन्त्री…
Political Newsभागोप्रमो तीनधारे महानदी समष्टिको चुनावी सभा सम्पन्न
खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनावी सभा आज घैयाबारीस्थित पार्टी कार्यालयमा सम्पन्न भयो। उक्त सभा भागोप्रमोको ट्रेड युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरुङको अध्यक्षतामा सम्पन्न भयो। चुनावी सभामा भागोप्रमो तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री, ट्रेड युनियन केन्द्रीय सह सचिव राजेस थापा, ट्रेड युनियन तीनधारे महानदी समष्टि जोनल…
Kurseongहाम्रो पार्टी त्यागेर 16 घर भागोप्रमो-मा सामेल
दार्जिलिङ: दार्जिलिङ सदर 4 समष्टि अन्तर्गत वार्ड नम्बर 7-मा एउटा सभाबीच हाम्रो पार्टी त्यागेर 16 घर परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएको छ। भागोप्रमो सदर 4 समष्टि अध्यक्ष पारस छेत्री, वार्ड नम्बर 7-का पार्षद विष्णु मल्ल, समष्टि नारी शक्ति अध्यक्ष सोनाम शेर्पा, केन्द्रीय समिति सदस्य एसएन प्रधान लगायत अन्य पदाधिकारीहरूले ती 16 घर परिवारलाई दलील झण्डा प्रदान गरेर आफ्नो…
Kurseongखरसाङको 8 नम्बर वार्डमा भागोप्रमो-को वार्ड कमिटी गठन
खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीको तत्वावधानमा वार्ड नम्बर आठमा सार्वजनिक भवनमा वार्ड कमिटी गठन गर्न हेतु सांगठनिक सभा सम्पन्न भयो। एको छ। उक्त सभाको अध्यक्षता वार्डका वरिष्ठ सदस्य पेमा योञ्जनले गरेका थिए भने वार्डका सांगठनिक संयोजक सुभाष राईले सञ्चालन गरेका थिए। सभामा सर्वप्रथम खरसाङ टाउन कमिटीका कार्यवाहक सचिवले टाउन कमिटीका नेत्तृत्वहरूसंग उपस्थित वार्डवासीहरुसंग परिचय गराए…
