दार्जिलिङमा मुख्यमन्त्री ममताद्वारा नेताजीलाई श्रद्धाञ्जलि

दार्जिलिङ : नेताजी सुभाष चन्द्र बोसको 123औँ जन्मजयन्ती दार्जिलिङमा भव्य रूपमा पालन भइरहेको छ। यस कार्यक्रममा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी मुख्य रूपमा उपस्थित भएकी छन्। मुख्यमन्त्रीले स्वतन्त्रता सेनानी सुभाष चन्द्र बोसको तस्वीरमा माल्यार्पण गरेर श्रद्धाञ्जलि अर्पण गरिन्। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री ममता ब्यानर्जीले स्वतन्त्रता सेनानी नेताजीले देशको लागि दिएको अमूल्य योगदानबारे सबैलाई अवगत गराइन्। यस अवसरमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरियो। आजको कार्यक्रममा मुख्यमन्त्री ममता ब्यानर्जी, मन्त्री अरूप विश्वास, इन्द्रनील सेन, जीटीए चेयरम्यान अनित थापा, गोजमुमो अध्यक्ष विनय तामाङ, सांसद शान्ता छेत्रीलगायत अन्य शीर्ष व्यक्तिहरू उपस्थित थिए। गत केही वर्षदेखि मुख्यमन्त्रीले दार्जिलिङमा नेताजी जयन्ती मनाउँदै आइरहेकी छन्।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *