दार्जिलिङ पहाडको विभिन्न ठाउँमा भल-पहिरो, 76 वर्षीय एकजना व्याक्तिको मृत्यु

दार्जिलिङ / सिलगढी (निसं): लगातार बुधबार रातभरि परेको पानीले दार्जिलिङ पहाडको विभिन्न ठाउँहरूमा पहिरो झर्नको साथै पहिरोले सडकहरू बाधित बन्न पुगेको जानकारी प्राप्त भएको छ। यसको साथै माथिबाट आएको पहिरोले भान्सा घरसहित पुरेर एक जना 76 वर्षीय व्याक्तिको मृत्यु भएको छ। दार्जिलिङको सुके खण्ड अन्तर्गत प्लुङदुङ डाक बंगला गाँउमा बुधबार राति पहिरोले पुरेर 76 वर्षीय रघुबीर राईको निधन भएको छ। आज बिहान गाउँलेहरूले तिनको शव उद्धार गरे । घटनाको खबर पाएपछि आज बिहान बीडीओ र पुलिस अधिकारी घटनास्थलमा पुगेर निरीक्षण गरे। प्रशासनिक स्रोत अनुसार, सरकारी नियमअनुसार मृतकको परिवारलाई आर्थिक क्षतिपूर्ति दिइनेछ। पहाडको धेरै ठाउँमा सडक भत्किनको साथै पहिरोले घरहरूलाई क्षति पुऱ्याएको बताइएको छ।
अर्कोतिर, दार्जिलिङ-सिंगताम सडक अनि दार्जिलिङको एक प्रमुख पर्यटक स्थल रक गार्डन जाने सडकमा पनि पहिरो गएर सडक बाधित बनेको छ भने कतिपय ठाउँहरूमा मुल सडक नै भत्किए पछि मानिसहरूलाई धेरै असुविधा भएको छ। रक गार्डनतर्फ जाने सडकमा पहिरो खस्दा आज बिहानदेखि नै यातायात पूर्ण रूपमा बन्द गरिएको छ।
यसरी नै, वर्षाको कारण बालुवाबास खोलामाथि बनिएको नव निर्मित ब्रीज माथि भएर खोला बगिरहेको छ। बाढ उर्लिएर आएकोले ब्रीजको माथिबाट पानी बगिरहेको छ। तथापि, हालसम्म पुलको अवस्था अझ राम्रै छ अनि बाढले पुल भने बगाएको छैन। तर, यसरी नै अविरल पानी परेर बाढ यसरी उर्लिएर आयो भने बालाबास पुल बगाएर लैजाने प्रबल सम्भावना देखिएको छ।
यसवाहेक, लगातार परेको पानीले गर्दा टिस्टा नदीको जलस्तर पनि बढ्न थालेको छ। टिस्टा नदीमा पानी बढ्दा सिलगढी संलग्न चमकडांगी गाउँको सडक टिस्टा नदीको गर्भमा समाएको छ। यसको साथै गाउँमा नदीको पानी पसेर धेरै नोक्सान पिऱ्याएको छ। मौसम विभागले दिएको जानकारी अनुसार, बिहीबार दार्जिलिङ र कलिम्पोङ जिल्लामा अधिक पानी पर्ने सम्भावना रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomholiganbet girişcasibom girişCasibomcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayanCasibom Girişcasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel giriş