दार्जिलिङ / सिलगढी (निसं): लगातार बुधबार रातभरि परेको पानीले दार्जिलिङ पहाडको विभिन्न ठाउँहरूमा पहिरो झर्नको साथै पहिरोले सडकहरू बाधित बन्न पुगेको जानकारी प्राप्त भएको छ। यसको साथै माथिबाट आएको पहिरोले भान्सा घरसहित पुरेर एक जना 76 वर्षीय व्याक्तिको मृत्यु भएको छ। दार्जिलिङको सुके खण्ड अन्तर्गत प्लुङदुङ डाक बंगला गाँउमा बुधबार राति पहिरोले पुरेर 76 वर्षीय रघुबीर राईको निधन भएको छ। आज बिहान गाउँलेहरूले तिनको शव उद्धार गरे । घटनाको खबर पाएपछि आज बिहान बीडीओ र पुलिस अधिकारी घटनास्थलमा पुगेर निरीक्षण गरे। प्रशासनिक स्रोत अनुसार, सरकारी नियमअनुसार मृतकको परिवारलाई आर्थिक क्षतिपूर्ति दिइनेछ। पहाडको धेरै ठाउँमा सडक भत्किनको साथै पहिरोले घरहरूलाई क्षति पुऱ्याएको बताइएको छ।
अर्कोतिर, दार्जिलिङ-सिंगताम सडक अनि दार्जिलिङको एक प्रमुख पर्यटक स्थल रक गार्डन जाने सडकमा पनि पहिरो गएर सडक बाधित बनेको छ भने कतिपय ठाउँहरूमा मुल सडक नै भत्किए पछि मानिसहरूलाई धेरै असुविधा भएको छ। रक गार्डनतर्फ जाने सडकमा पहिरो खस्दा आज बिहानदेखि नै यातायात पूर्ण रूपमा बन्द गरिएको छ।
यसरी नै, वर्षाको कारण बालुवाबास खोलामाथि बनिएको नव निर्मित ब्रीज माथि भएर खोला बगिरहेको छ। बाढ उर्लिएर आएकोले ब्रीजको माथिबाट पानी बगिरहेको छ। तथापि, हालसम्म पुलको अवस्था अझ राम्रै छ अनि बाढले पुल भने बगाएको छैन। तर, यसरी नै अविरल पानी परेर बाढ यसरी उर्लिएर आयो भने बालाबास पुल बगाएर लैजाने प्रबल सम्भावना देखिएको छ।
यसवाहेक, लगातार परेको पानीले गर्दा टिस्टा नदीको जलस्तर पनि बढ्न थालेको छ। टिस्टा नदीमा पानी बढ्दा सिलगढी संलग्न चमकडांगी गाउँको सडक टिस्टा नदीको गर्भमा समाएको छ। यसको साथै गाउँमा नदीको पानी पसेर धेरै नोक्सान पिऱ्याएको छ। मौसम विभागले दिएको जानकारी अनुसार, बिहीबार दार्जिलिङ र कलिम्पोङ जिल्लामा अधिक पानी पर्ने सम्भावना रहेको बताइएको छ।
दार्जिलिङ पहाडको विभिन्न ठाउँमा भल-पहिरो, 76 वर्षीय एकजना व्याक्तिको मृत्यु

Share this story
More from Siliguri
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन
सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ। जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती…
