सिलगढी : राज्यपाल जगदीप धनखड़ हिजो एक महिनाको लागि उत्तरबंग भ्रमणमा आएका छन्। तिनी आज दार्जिलिङको लागि सिलगढीबाट प्रस्थान गरे। दार्जिलिङ प्रस्थान गर्न अघि तिनले सिलगढीको सर्किट हाउसमा पत्रकारहरूलाई सम्बोधन गरे। गोजमुमोका भूमिगत अध्यक्ष बिमल गुरूङले केही दिन अघि पत्रकार सम्मेलनमार्फत् आगामी 2021-को चुनाउमा तृणमूल कांग्रेसलाई सघाउने घोषणा गरेका थिए। यस विषयमा राज्यपाल धनखडले कटाक्ष कस्दै भने, यदि कुनै साधारण मानिसले कुनै वान्टेड व्यक्तिसित भेट गरे तब त्यो गलत मानिन्छ तर संवैधानिक पदका अधिकारी कुनै वान्टेड व्यक्तिसित भेट गरे त्यो गलत हुँदैन। अर्कोतिर, तिनले भारतीय संविधानमा सबै समस्याको समाधान छ। जब राम मन्दिर र धारा 370 जस्ता मामिलाको समाधान हुनसक्छ भने गोर्खाल्याण्डको समाधान सम्भव छ भन्दै तिनले गोर्खाल्याण्ड मुद्दालाई लिएर यस प्रकारको मन्तव्य व्यक्त गरे। राज्यपालले दार्जिलिङका डीएम र एसपीलाई जनताको हितमा काम गर्ने सुझाउ दिए। राज्यमा कानुन व्यवस्था ठीक नरहेको बताउँदै यहाँ दिनप्रतिदिन हिंसाको घटनाहरू बढिरहेको दावी गरे। राज्यमा अलकायदा जस्ता आतङ्की संगठन विस्तारै-विस्तारै फैलिरहे तापनि राज्यका इन्टेलिजेन्स ब्युरो लगायत उच्च अधिकारीहरूले कुनै पहल नगरेको तिनले बताए। अर्कोतिर, राज्यपाल धनखडले केन्द्र सरकारको प्रशंसा गरे। तिनले 2014-मा भारतमा एउटा नयाँ इतिहासको शुरूआत भएको बताउँदै एउटा पार्टी पूर्ण बहुमतको साथमा सत्ता आएको अनि फेरि 2019-मा पनि यथावत् रहेको बताए।
दार्जिलिङ प्रस्थान गर्नअघि जगदीप धनखड़ले राज्य सरकारमाथि कसे कटाक्ष

Share this story
More from Siliguri
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन
सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ। जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती…
