राजगञ्ज, 7 दिसम्बर (निसं): दिसम्बरको पहिलो हप्तामा नै ह्वात्तै जाडो बढेर गएको छ। सिलगढी शहरलगायत यसको संलग्न इलाका राजगञ्ज क्षेत्रमा पनि बिहानको समय घना कुइरोसँगै निक्कै चिसो बढेको छ। शनिबार बिहानैदेखि विभिन्न स्थानमा घना कुहिरो लागेको देखियो। घना कुइरो लागेकोले गर्दा विशेष गरेर बिहानको समयमा राष्ट्रीय राजमार्गमा चल्ने साना-ठूला सबै वाहनहरूले धेरै असुविधाको सामना गर्न परिरहेको देखियो। शनिबार बिहान बाटोमा घना कुइरो लागेकोले गर्दा ठूला लरी, ट्रकहरू लगायत साना वाहन अनि बाइक, स्कुटीहरू बत्ती जलाएर सडकमा यातायात गर्न वाध्य बनेको देखियो। यसको साथै अधिकजसो मानिसहरू विभिन्न ठाउँमा बिहानको समय जाडोबाट जोगिनका लागि आगो बालेर तापिरहेका थिए।
Jalpaiguri, North Bengal, Siliguri, Uncategorized
दिसम्बरको पहिलो सप्ताहमा नै ह्वात्तै बढ्यो जाडो
07
Dec
Dec