देह व्यापार चलाएको आरोपमा घर मालिकसहित 4 जना पक्राउ

सिलगढी : भक्तिनगर थाना पुलिसले आज अञ्चल मोड़ इलाकाको एउटा घरमा देह व्यापार चलाएको आरोपमा घर मालिकसहित 4 जनालाई पक्राउ गरेको छ। यसको साथै तीनजना युवतीलाई उद्धार गरेको छ। पुलिसले कार्वाहीको लागि उक्त घरलाई सिल गरिदिएको छ। भक्तिनगर थाना आईसी अमरेश सिंहले दिएको जानकारी अनुसार अञ्चल मोड़ इलाकाको एउटा घरमा देह व्यापार चलाइरहेको गोप्य सुइँको पाएपछि भक्तिनगर थाना पुलिसले सादा पोसाकमा आज दिउँसो उक्त घरमा छापामार अभियान चलाउँदा तीन जोडीलाई आपत्तिजनक अवस्थामा भेट्टाएको बताइएको छ। यसपछि पुलिसले घर मालिकसहित 4 जनालाई पक्राउ गरेर अग्रिम कार्वाही गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *