देह व्यापारको निम्ति ल्याइएको दुई युवतीसँगै एउटी महिला पक्राउ

कुचबिहार : अन्य राज्यहरूबाट युवतीहरूलाई ल्याएर देह व्यापार चलाउनको साथै युवतीहरूको तस्करी गरेको एकजना युवकमाथि आरोप उठेको छ। घटना कुचबिहारको 2 नम्बर क्षेत्रको महिसबथान इलाकामा भएको हो। सोमबार स्थानीय मानिसहरूले तिनको घरबाट अन्य राज्यबाट आएका दुईजना युवती अनि एकजना महिलालाई पक्राउ गरेर पुलिसलाई घटनाबारे जानकारी गराए। पुलिसले घटनास्थलमा पुगेर ती सबैजनालाई पक्राउ गर्नको साथै घटनाको जाँच शुरू गरेको छ। स्थानीय मानिसहरूको आरोपअनुसार दीपुचन्द नाम गरेको एकजना युवकले आफ्नो घरमा बाहिरबाट युवतीहरूलाई ल्याएर अवैध रूपमा देह व्यापार गराउनको साथै युवतीहरूको पनि तस्करी गर्ने गर्दछन्। स्थानीय मानिसहरूले यसबारे धेरै अघिदेखि सन्देह गर्दै आइरहेका थिए। तर कुनै प्रकारको आफूहरूसित प्रमाण नपाएकोले गर्दा तिनीहरू चुपचाप थिए। आज बिहान तिनको घरबाट एकजना युवती चिच्याएको आवाज सुनेपछि स्थानीय मानिसहरूले घरभित्र गएर दुईजना बाहिरबाट आएको युवतीलाई उद्धार गरे। उक्त घरमा एकजना अन्य महिला पनि यी सबै विषयलाई हेरचाह गर्नको निम्ति राखिएको भेट्टाए। पुलिसले ती सबैजनालाई पक्राउ गरेर लगे तापनि आरोपी युवक निखोज रहेको साथै पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *