सिलगढी : डेङ्गुको रोकथाम गर्न सिलगढी नगरनिगम तत्पर रहेको छ। आज सिलगढी तथ्यकेन्द्रको रामकिङ्कर हलमा डेङ्गुबारे एउटा कार्यशालाको आयोजना गरियो। डेङ्गुको रोकथाम गर्नको लागि युद्धस्तरमा कार्य चलिरहेको छ। सिलगढी नगरनिगमले यसलाई लिएर स्वास्थ्य अधिकारी तथा अन्य विभागहरूसित धेरैपल्ट बैठक समेत गरिसकेको छ। आज सिलगढी तथ्यकेन्द्रको रामकिङ्कर हलमा डेङ्गुबारे एउटा कार्यशालाको आयोजना गरियो। उक्त कार्यशालामा उपस्थित नगर अधिकारीहरूले डेङ्गु नियन्त्रणको लागि के-कस्तो पहल गर्नुपर्छ भन्ने विषयमा छलफल गरे। डेङ्गुको रोकथाम गर्नको लागि सिलगढी नगरनिगमले विशेष पहल गरिरहेको डेपुटी मेयर रञ्जन सरकारले बताए। सिलगढी सहरमा रहेको खाली जमिनहरूमा नगरनिगमले विशेष नजर राखिरहेको छ। खाली जमिनमा झार-जङ्गल तथा पानी जमेको खण्डमा जमिन मालिकविरुद्ध कानुनी कार्वाही गरिने तिनले बताए।