देशव्यापी हड़तालको समर्थनमा एसयुसीआई(सी)-को सिलगढीमा र्‍याली

सिलगढी : केन्द्र सरकारको श्रमिक विरोधी नीतिहरूको विरोध, रेलवे, ब्याङ्क, पेट्रोलियमलगायत 46 वटा राष्ट्रिय संस्थाहरूको कथित निजीकरणको प्रतिवादमा साथै एनआरसी, सीएए र एनपीआर रद्द गर्ने माग, जेएनयुमा भएको हमलाको प्रतिवादलगायत 12 सूत्रीय मागको समर्थनमा केन्द्रीय ट्रेड युनियनको तर्फबाट बुधबार देशव्यापी हड़तालको आह्वान गरेको छ। यस हड़तालको समर्थनमा मंगलबार सिलगढीमा एसयुसीआई(सी)-को तर्फबाट एउटा र्‍याली निकालिइयो। उक्त र्‍याली सिलगढीको कोर्ट मोडबाट शुरू भएर शहरको विभिन्न मार्गहरूको परिक्रमा गर्यो। यसको साथै शहरको मुख्य सड़कमा पथसभाको पनि आयोजना गरियो। यस अवसरमा एसयुसीआई (सी)-को दार्जिलिङ जिल्ला सचिव गौतम भट्टाचार्य, जिल्ला कमिटीका सदस्यलगायत अन्य सदस्यहरू उपस्थित थिए। 10 ट्रेड युनियनद्वारा डाकेको भोलि 8 जनवरीको हड़तालको समर्थन गर्ने एसयुसीआई(सी)-को दार्जिलिङ जिल्ला सचिव गौतम भट्टाचार्यले बताए। आज उक्त र्‍यालीको माध्यमद्वारा साधारण मानिसहरूलाई हड़ताललाई सफल बनाउनको लागि आह्वान पनि गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *