सिलगढी, 15 जून (निसं): डीडी टोलीले धेरै मात्रामा ब्राउन सुगर र लाखौं रुपियाँ नगदसहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवकको नाम बप्पी सिंह (30) हो, उनी मतिगढा क्षेत्रका वासिन्दा हुन्। प्राप्त जानकारी अनुसार उक्त युवक स्कुटीमा ब्राउन सुगर डेलिभरी गर्न आएका थिए।
डीडी टोलीलाई गोप्य सूचना प्राप्त भएपछि चाँदमुनि क्षेत्रमा अभियान चलाइएको थियो। अभियानको क्रममा स्कुटीमा आइरहेका युवकलाई रोकेर जाँच गर्दा स्कुटीको डिक्कीमा राखिएको झोलाबाट 1.50 ग्राम ब्राउन सुगर र लाखौं रुपियाँ नगद उद्धार भयो। त्यसपछि उनलाई पक्राउ गरियो र स्कुटी पनि जफत गरिएको छ।
डीडी टोलीका भनाई अनुसार आरोपी विभिन्न स्थानमा ब्राउन सुगरको डेलिभरी गर्दै आएका थिए, त्यसैले उनको साथमा यति धेरै नगद रकम फेला परेको हो। अन्तिम डेलिभरी दिनअघि नै उनलाई पक्राउ गरिएको थियो। आरोपीलाई आज सिलगढी अदालतमा पेश गरिएको छ। डीडी टोलीले घटनाको सम्पूर्ण जाँच गरिरहेको छ।
धेरै मात्रामा ब्राउन सुगर र लाखौं रुपियाँ नगदसहित एकजना युवक पक्राउ

Share this story
More from Siliguri
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन
सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ। जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती…
