धेरै मात्रामा गाँजा सहित युवक पक्राउ

राजगञ्ज : आमबारी आउटपोस्ट पुलिस तथा एसओजीले संयुक्त अभियान चलाएर धेरै मात्रामा गाँजा सहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक बिहारको शीतलपुर निवासी 22 वर्षीय विकास रायको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार गोप्य सूचनाको आधारमा आमबारी आउटपोस्ट पुलिस तथा एसओजीले संयुक्त अभियान चलाएर सिलगढी-जलपाईगढी 31 नम्बर राष्ट्रिय राजमार्गको बन्दुनगर इलाकामा एउटा तेलको ट्याङ्कर रोकेर छानबीन गर्दा 400 केजी गाँजा उद्धार गरेको बताइएको छ। पुलिसले ट्याङ्कर चालकलाई पक्राउ गरेको छ। जफत गरेको उक्त गाँजा असमबाट बिहारतर्फ लगिरहेको बताइएको छ। पक्रा परेका युवकलाई भोलि बुधबार जलपाईगढी अदालतमा पेश गरिने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *