दिदी के बोलो कार्यसूची अन्तर्गत फोनमार्फत् पाए युवकले सरकारी नोकरी

सिलगढी : दिदी के बोलो कार्यसूची अन्तर्गत सिलगढीको 46 नम्बर वार्डको चम्पासारी निवासी शुभङ्कर सरकारले फोनमार्फत् सरकारी नोकरी पाएको छ। शुभङ्करका बाबु सुधाङ्शु सरकार जलदापाड़ा टुरिज्म विभागमा नोकरी गर्दथे तर विगत 2015-मा तिनको मृत्यु भयो। सुधाङ्शुको मृत्युपछि परिवारका सदस्यहरू आर्थिक रूपले कमजोर भएका थिए। राज्यका पर्यटन मन्त्री गौतम देवले पत्रकारहरूसँग कुराकानी गर्दै यस विषयमा शुभङ्करले गत अगस्त 2019-मा दिदी के बोलो अन्तर्गत फोनमार्फत् मुख्यमन्त्रीसँग कुराकानी गरेका थिए। मुख्यमन्त्रीले युवकको समस्या सुनेर तिनलाई नोकरी प्रदान गरेको तिनले बताए। आज मैनाक टुरिस्ट लजमा मुख्यमन्त्रीले पठाएको पत्र र एपोन्टमेन्ट लेटर शुभङ्कर सरकारलाई सुम्पिदियो। यसरी दिदी के बोलो कार्यसूची अन्तर्गत नोकरी पाएकोमा शुभङ्करले खुशी साथै कृतज्ञता व्यक्त गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş