सिलगढी : ‘दिदिर सुरक्षा कवच’ कार्यक्रम अवधि राजगञ्जका विधायक तथा जलपाईगढी जिल्ला तृणमूल कङ्ग्रेसका चेयरम्यान खगेश्वर बर्मन र तृणमूलको जलपाईगढी जिल्ला महिला सभानेत्री नुसरत जहानले विक्षोभको सामना गर्नपर्यो। डाबग्राम 2 अञ्चल अन्तर्गत जाबराभिटा इलाकामा पिउने पानी, ड्रेन, रासन आदि विषयलाई लिएर स्थानीय मानिसहरूले विक्षोभ गरे। विधायक खगेश्वर रायले आज डाबग्राम 2 अञ्चल अन्तर्गत ठाकुरनगर इलाकाको अनुकूल ठाकुरको मन्दिरमा पुजा अर्चना गरेपछि ‘दिदिर सुरक्षा कवच’ कार्यक्रमको लागि निस्के। जाबराभिटा इलाकामा विधायक तथा महिला सभानेत्रीलाई देखेपछि स्थानीय मानिसहरूले विक्षोभ प्रदर्शन गरे। स्थानीय मानिसहरूले विभिन्न समस्या लगायत सरकारी परिसेवा नपाएकोमा क्षोभ प्रकट गरे। स्थानीय एकजना निवासीले बताएअनुसार गत 20 वर्षदेखि तिनीहरू पिउने पानीको समस्यासित जुझिरहेका छन्। यसको साथै वर्षाको समयमा लगभग 4 महिनासम्म इलाकामा पानी जम्ने गरेकोले आफूहरू यस्तै परिस्थितिमा बस्न बाध्य छौँ। आज विधायक इलाकामा आउन साथ स्थानीय मानिसहरूले आफ्नो विविध समस्याहरू सुनाएपछि यसको समस्या गरिदिने तिनले आश्वासन दिएका छन्। विधायक खगेश्वर रायले भने, उक्त कार्यक्रम अन्तर्गत मानिसहरूको अभाव, अभियोग सुन्यौँ। चाँडै नै उक्त समस्याहरूको समधान गरिदिने प्रयास गर्ने तिनले बताए।
‘दिदिर सुरक्षा कवच’ कार्यक्रम अवधि विक्षोभको सामना गर्नपर्यो तृणमूल विधायक तथा जिल्ला महिला सभानेत्रीले

Share this story
More from Siliguri
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन
सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ। जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती…
