‘दिदिर सुरक्षा कवच’ कार्यक्रम अवधि विक्षोभको सामना गर्नपर्यो तृणमूल विधायक तथा जिल्ला महिला सभानेत्रीले

सिलगढी : ‘दिदिर सुरक्षा कवच कार्यक्रम अवधि राजगञ्जका विधायक तथा जलपाईगढी जिल्ला तृणमूल कङ्ग्रेसका चेयरम्यान खगेश्वर बर्मन र तृणमूलको जलपाईगढी जिल्ला महिला सभानेत्री नुसरत जहानले विक्षोभको सामना गर्नपर्यो। डाबग्राम 2 अञ्चल अन्तर्गत जाबराभिटा इलाकामा पिउने पानी, ड्रेन, रासन आदि विषयलाई लिएर स्थानीय मानिसहरूले विक्षोभ गरे। विधायक खगेश्वर रायले आज डाबग्राम 2 अञ्चल अन्तर्गत ठाकुरनगर इलाकाको अनुकूल ठाकुरको मन्दिरमा पुजा अर्चना गरेपछि दिदिर सुरक्षा कवच कार्यक्रमको लागि निस्के। जाबराभिटा इलाकामा विधायक तथा महिला सभानेत्रीलाई देखेपछि स्थानीय मानिसहरूले विक्षोभ प्रदर्शन गरे। स्थानीय मानिसहरूले विभिन्न समस्या लगायत सरकारी परिसेवा नपाएकोमा क्षोभ प्रकट गरे। स्थानीय एकजना निवासीले बताएअनुसार गत 20 वर्षदेखि तिनीहरू पिउने पानीको समस्यासित जुझिरहेका छन्। यसको साथै वर्षाको समयमा लगभग 4 महिनासम्म इलाकामा पानी जम्ने गरेकोले आफूहरू यस्तै परिस्थितिमा बस्न बाध्य छौँ। आज विधायक इलाकामा आउन साथ स्थानीय मानिसहरूले आफ्नो विविध समस्याहरू सुनाएपछि यसको समस्या गरिदिने तिनले आश्वासन दिएका छन्। विधायक खगेश्वर रायले भने, उक्त कार्यक्रम अन्तर्गत मानिसहरूको अभाव, अभियोग सुन्यौँ। चाँडै नै उक्त समस्याहरूको समधान गरिदिने प्रयास गर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *