दिलीप घोषलाई गोजमुमोले देखायो दलसिंहपाडामा कालो झण्डा, वाहन तोडफोड

जयगाउँ : दलसिंहपाडा इलाकामा आज भाजपा राज्य सभापति दिलीप घोषलाई गोजमुमो समर्थकहरूले कालो झण्डा देखाएर विरोध जनाए। भाजपाले गत चुनाउ अवधि गरेको वाचाहरू पुरा नगरेको आरोप लगाउँदै आज जयगाउँको मङ्गलाबारीमा भाजापा नेता दिलीप घोष लगायत तिनका समर्थकहरूलाई ढुङ्गा-मुढा गरेको गोजमुमो समर्थकहरूविरुद्ध अभियोग उठेको छ। आज दिउँसो जयगाउँको खोकलाबस्तीमा एउटा राजनैतिक जनसभामा भाजपा नेता दिलीप घोषले अंश ग्रहण गर्ने भएको पूर्व निर्धारित कार्यक्रम रहेको थियो। यसै कार्यक्रममा अंश ग्रहण गर्न लगभग 150 वटा बाइकमा सवार भएर भाजपा समर्थकहरू बाइक र्‍यालीको माध्यमद्वारा गइरहेको समय कालचिनी ब्लकको दलसिहंपाडामा विशाल पुलिस वाहिनीले उक्त र्‍यालीलाई रोकिदियो। यसको साथै गोजमुमो समर्थकहरूले भाजपा नेता दिलीप घोष लगायत तिनका समर्थकहरूलाई कालो झण्डा देखाएर विरोध जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *