दिलीप घोष रायगञ्जमा भाजपाको परिवर्तन यात्रामा सामेल

रायगञ्ज : उत्तर दिनाजपुर जिल्लाको रायगञ्जमा भाजपाको परिवर्तन यात्रामा भाजपा राज्य अध्यक्ष दिलीप घोष मुख्य रूपमा उपस्थित थिए। भाजपाको परिवर्तन यात्रा रायगञ्ज सहरको सिलगढी मोड़बाट शुरू गरेर मोहनबाटी, महात्मा गाँधी रोड, विद्रोही मोड़, रासबिहारी मार्केट, देवीनगर हुँदै कस्बा मोडसम्म परिक्रमा गर्यो। उक्त परिवर्तन यात्रामा रायगञ्जका सांसद तथा केन्द्रीय नारी औ शिशु कल्याण राज्य मन्त्री देवश्री चौधुरी, भाजपा उत्तर दिनाजपुर जिल्ला सभापति विश्वजीत लाहिरी लगायत अन्य नेता तथा कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *