दिनहाटामा भाजपा नेताको मृत्युको जाँच रिपोर्टको जानकारी लिन कुचबिहार आइपुगे अधिकारी विवेक दुबे

कुचबिहार : कुचबिहारको दिनहाटामा भाजपा नेताको झुन्डिएको अवस्थामा शव उद्धार भएको 24 घण्टाको अवधिमै राज्य निर्वाचन आयोगले कुचबिहारका एसपी के कन्नानलाई हटाईदिएको छ। उक्त घटनाको जाँच गर्नको लागि चुनाउ आयोगको विशेष पुलिस पर्यवेक्षण विवेक दुबे आज दिउँसो कुचबिहार आइपुगेपछि तिनी सोझै यहाँको सर्किट हाउसमा गए। यसपछि तिनले कुचबिहारको उत्सव अडिटोरियम हलमा एउटा महत्वपूर्ण बैठक गरे। उक्त बैठकमा विभिन्न जिल्लाका अधिकारीहरू, पुलिस अधिकारी लगायत स्वास्थ्य विभागका अधिकारीहरू उपस्थित थिए। बैठकपछि पत्रकारहरूसित कुराकानी गर्दै विवेक दुवेले आफू भाजपा नेताको मृत्यु मामिलाको जाँच के कस्तो प्रकारले चलिरहेको छ सो जान्नको निम्ति आएको बताए। स्मरण रहोस्, हिजो भाजपाको दिनहाटा शहर मण्डल अध्यक्ष अमित सरकारको झुन्डिएको अवस्थामा शव उद्धार भएको थियो भने उक्त घटनाको सटीक जाँच गरिनुपर्ने पार्टीको पक्षबाट माग गरिएको थियो। उक्त विषयलाई लिएर हाल दिनहाटामा राजनीतिक माहौल गर्मिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *