दिनहाटामा दिवङ्गत भाजपा नेताका परिवारलाई भेटे राज्यपालले

कुचबिहार : राज्यपाल सीभी आनन्द बोस आज दिनहाटाको शिमुलतलामा मृतक भाजपा नेता प्रशान्त राय बसुनियाको घरमा पुगेर तिनका परिवारका सदस्यहरूसित भेटघाट गरे। स्मरण रहोस्, गत 2 जुनमा शिमुलतलामा भाजपा नेता प्रशान्त राय बासुनियारको घरमा गोली चल्दा तिनको मृत्यु भएको थियो। उक्त घटनामा तृणमूलका बदमाशहरू सामेल रहेको भाजपाको आरोप रहेको छ। उक्त घटनाको लगभग एक महीनापछि आज राज्यपाल मृतक भाजपा नेताको घरमा गएर तिनका परिवारका सदस्यहरूसित भेट गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *