दिनहाटामा मास्कको कालाबजारी, एउटा दवाई दोकान सील

कुचबिहार : मास्कको कालाबजारीको आरोपमा प्रशासनले दिनहाटास्थित एउटा दवाई दोकान सील गरिदिएको छ। दिनहाटाको ओल्ड बस स्ट्याण्ड इलाकास्थित एउटा दवाई दोकानमा मास्कको कालाबजारी भइरहेको आज अपरान्ह अभियोग पाएपछि दिनहाटा महकुमाशासक शेख आनसार अहमद घटनास्थलमा पुगेर स्थानीय मानिसहरूसँग सोधखोज गरेपछि उक्त दवाई दोकान सील गरिदिएको बताइएको छ। पत्रकारहरूसँग कुराकानी गर्दै महकुमाशासकले कालाबजारी कुनै पनि हालतमा सहन नगरिने बताए। यस अभियानमा दवाई व्यवसायी संगठन प्रशासनको समर्थनमा अघि आएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *