दिपक ठटाल जलनको बाल कविता संग्रह ‘सुनाखरी’-को लोकार्पण

खरसाङ (निसं): खरसाङका गजलकार एवम् साहित्यकार दिपक ठटाल जलनको बाल कविता संग्रह सुनाखरीलोकार्पण गरियो। खरसाङको लोकल च्यानल हाम्रो टेलिभिजन खरसाङको सातौँ स्थापना दिवस समारोहमा नै दिपक ठटाल जलनको उक्त कृति लोकार्पण गरियो। उक्त कृतिको लोकार्पण समारोहको अध्यक्ष पण्डित तुलसी अधिकारी, प्रमुख अतिथि विष्णु ठकुरी, निमा लामाएसबी सुनवार, कृतिकार दिपक ठटाल र तिनकी स्वास्नी एवम् कृतिको प्रकाशिका रितामणि थापा ठटाल आदिको बाहुलीबाट लोकार्पण गरियो। उक्त कृति विषयमा कवि शम्भु राई र कृतिकार दिपक ठटाल जलन दुवैले छोटोमा जानकारी गराए। उक्त बाल कविता संग्रह सुनाखरीदिपक ठटाल जलनको चौथो कृति हो। यस भन्दा अघि तिनको कृतिहरूमा गजल संग्रह –गजल कानन्‘ (2010), गीत अनि गजल संग्रह घुन लागेका धुनहरू‘ ( 2018), र पाठ्य पुस्तक नेपाली साहित्य मञ्जरीपनि प्रकाशित छन्। तिनले थुप्रै पत्र पत्रिकाहरू पनि सम्पादन गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *