डुवर्सको विभिन्न ठाउँमा घना कुइरो, कठयाङ्ग्रिने जाडो

अलिपुरद्वार: डुवर्सको हाँसीमारा, अलिपुरद्वार सहर, भुटान सिमान्त जयगाउँ लगायत विभिन्न इलाका घना कुइरोले ढाकेको देखियो। घना कुइरोले गर्दा आज बिहानैदेखि जिल्लाको अधिकांश ठाउँमा अन्धकार छाएको थियो। राष्ट्रिय राजमार्गदेखि लिएर राजकीय सडक सबै घना कुइरोले ढाकेका थियो। अत्याधिक कुइरो साथै चिसोको कारण आज अन्य दिनको तुलनामा वाहनहरूको संख्या निक्कै कम्ती देखियो भने वाहनहरू पनि कम गतिमा चलाइरहेको देखियो।  कठयाङ्ग्रिने जाडोले गर्दा धेरैजसो ठाउँमा मानिसहरू आगो तापिरहेको देखियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *