सिलगढी,17 अगस्त (निसं): आरजी कर घटनाको विरोधमा आईएमए-को आह्वानमा डाक्टरहरूले 24 घण्टा हडताल शुरू गरेका छन्। यसले गर्दा चिकित्सा सेवाहरू बाधित बन्न पुगेको छ। सबै अस्पतालहरूमा आउटडोर बन्द गरिदिएको छ। यस्तै परिदृश्य सिलगढी जिल्ला अस्पताल लगायत अन्य ठाउँहरूमा पनि देखिँदैछ। उत्तर बंगालको विभिन्न ठाउँसहित यता, सिलगढी अनि यसको संलग्न इलाकावासी चिकित्साको लागि उत्तरबंग मेडिकल कलेज एवं अस्पताल अनि सिलगढी जिल्ला अस्पतालमाथि निर्भर छ। प्रत्येक दिन बिमारीहरू चिकित्साको लागि टाढा-टाढाबाट यहाँ आउने गर्छन्। तर, आरजी कर घटना पछि डाक्टरहरूको हडतालले गर्दा बिरामीहरूले धेरै असुविधाको सामना गर्न परिरहेका छन्। आज शनिवार देशभरिमा नै डाक्टरहरूले बोलाएको हडतालको कारण बिरामी तथा तिनका परिवारका सदस्यहरू असुविधामा परेका छन्। सिलगढी जिल्ला अस्पतालमा पनि आज आउटडोर सेवा बन्द रहेकोले गर्दा बिमारी तथा तिनका परिवारका सदस्यहरूले असुविधाको सामना गर्न परेपछि क्षोभ प्रकट गरेका छन्।
डाक्टरहरूको हडतालले सिलगढी जिल्ला अस्पतालको आउटडोर बन्द, चिकित्सा सेवाहरू बाधित

Share this story
More from Siliguri
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन
सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ। जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती…
