सिलगढी, 21 नोभेम्बर (निसं): नगर निगम नजिकैको गल्लीमा रोटी र तडका दोकानहरूमा सँधैजसो मानिसहरूको भीड रहने भएकोले सडकमा आवागमन गर्न समस्या उत्पन्न हुने गर्दछ। यसको साथै पार्किङको कारण सडक बन्द भएको छ। सिलगढी गर्ल्स हाई स्कूल र सिलगढी कलेज पनि नजिकैमा रहेको छ। सँधैजसो जाम लाग्ने भएकोले गर्दा विद्यार्थीहरूलाई पनि समस्या भइरहेको छ। यसैले गर्दा, सिलगढी नगरनिगमका मेयर गौतम देवले सो सडकलाई मुक्त गर्ने आदेश दिएका छन्।
आज नगर निगम जाने क्रममा मेयरले सडकमा अतिक्रमण देखे। त्यसपछि उनी नगर निगमका अधिकारीहरूसँग सो स्थानमा पुगे। सडकमा अतिक्रमण गरेको बारेमा मेयरले भने, “यो महत्वपूर्ण सडकलाई अतिक्रमण गरिएको छ। पसलमा आउने व्यक्तिहरूले बाइक र स्कूटर सडकमा पार्क गरेर जान्छन्। हामी व्यापारीलाई नोटिस दिनेछौं।”