डा. स्वपन रायद्वारा कोरोना परिस्थितिमा मानिसहरूको निःशुल्क उपचार साथै दबाई वितरण

राजगञ्ज : कोरोनाको बढ्दो परिस्थितिलाई ध्यानमा राखेर सिलगढीको बानेश्वर मोड़ निवासी होमियोप्याथी चिकित्सक स्वपन रायले मानिसहरूको निःशुल्क उपचार गर्नको साथै दबाई पनि वितरण गरिरहेका छन्। तिनी गरिबहरूको डाक्टरको रूपमा चिनिने गर्दछ। तिनले 18 वर्षदेखि विभिन्न गाउँहरूमा गएर गरिब मानिसहरूको निःशुल्क उपचार गर्ने गर्दछन्। यसै क्रममा तिनले आज राजगञ्ज ब्लकको आमबारी यङ्ग स्टार क्लबमा एउटा स्वास्थ्य शिविरको  आयोजना गरेर धेरैजना मानिसहरूको निःशुल्क उपचार गर्नको साथै दबाईहरू पनि वितरण गरे। यस सम्बन्धमा स्वपन रायले बताएअनुसार गाउँका मानिसहरू आर्थिक अभावले गर्दा उपचार गर्नको लागि सहरमा जान सक्दैनन्। बिमार भएको खण्डमा तिनीहरूले विभिन्न ठाउँहरूबाट रुपियाँ संग्रह गरेर उपचार गर्ने गर्दछन्। यसैले गर्दा आफू गाउँमा गएर यस्ता मानिसहरूको निःशुल्क उपचार गर्ने गरेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *