मङ्पु : दार्जिलिङको रंगली रंगलीयट ब्लक अन्तर्गत पर्ने मङ्पुमा भूतपूर्व शिक्षक डीएस प्रधानको अध्यक्षतमा ड्रग्स सेवन गर्नेहरु बिरुद्ध लगाम लगाउन ड्रग्स मुक्त मङपु बनाउन साथै मङपुका युवाहरुलाई सुमार्गमा डोऱ्याउने उद्देश्य लिएर अराजनैतिक संस्था “ हाम्रो मङपु राम्रो मङपु” नाम गरेको संस्था गठन गरियो। उक्त संस्थामा सभापति केशर मोक्तान, उपसभापति सुमेश तामाङ, सचिव नरेश शेर्पा, सहसचिव राजा गुरुङ अनि कोषाध्यक्ष डीएस प्रधानलाई चयन गरिएको छ। यस अवसरमा बिशिष्ट अतिथिहरुमा मङपु आउटपोस्ट थाना प्रभारी सुप्रकाश सरकार, एएसआई तपन गुवा तथा स्थानीय युवाहरु बिज्ञान मिश्र, मनोज सुब्बा,राजेश थापा, दिब्य बम्जन, नयन शर्मा, कुन्दन राई आदि उपस्थित थिए। आगामी दिनमा यस नवगठित गैर राजनीति संस्थामा मङपुभरिका प्रत्येक समाज अनि संस्थाबाट एक- एकजना प्रतिनिधिलाई सदस्यका रूपमा चयन गरिने भएको छ। मङपुमा बाहिरबाट आएर बस्ने अनि बाहिरबाट आएर विभिन्न काम गर्ने व्यक्तिहरुलाई पनि स्थानीय घर मालिकहरुले आफ्नो घर भाडामा राख्दा तिनीहरुको सटीक पहिचान पत्र लिएर मात्र राख्नु पर्नेबारे वक्ताहरूले सभामा सुझाउ राखे। मङ्पु आउट पोस्ट थाना प्रभारी सुप्रकाश सरकारले यस अराजनैतिक संस्था गठन भएकोमा हर्ष प्रकट गर्दै ड्रग्स सेवन बिरुद्ध पुलिसले मात्र काम गरेर सम्भव नरहेको तर पुलिस र समाज, संस्था मिलेर काम गरे यस ठाउँलाई ड्रग्स मुक्त बनाउनु सक्ने कुरामा आफु आशावादी रहेको बताउँदै पुलिस प्रशासनको तर्फबाट हरसम्भव सहयोग गर्ने बताए।
ड्रग्समुक्त पार्न “हाम्रो मङपु राम्रो मङपु” संस्था गठन

Share this story
More from Siliguri
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन
सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ। जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती…
