दुधेबाट वनभोज खेलेर फर्किरहेको मालदाको बस दुर्घटनाग्रस्त, 5 घाइते

सिलगढी, 13 जनवरी: दुधेबाट वनभोज खाएर फर्किरहेको समय मालदाको वनभोज खेल्न आएको गाडी गाडीधुराको बुढीपाइ क्षेत्रमा दुर्घटनामा पऱ्यो। आइतबार साँझमा भएको उक्त दुर्घटनामा 5 जना घाइते भएका छन्, जसलाई उपचारको लागि सुकुना हस्पिटलमा लगियो। जानकारी अनुसार मादलाबाट वनभोज खेल्न आएको एउटा दल दुधे खोलाको बगरमा बनभोज खेलेर साँझमा फर्किरहेको समय बसको चालकले नियन्त्रण गुमाइ पठाएपछि अचानक पल्टियो। भाग्यवश, दुर्घटनामा कसैको पनि ज्यान गएन, तर 5 जना घाइते भएका छन्। घाइतेहरूलाई गाडीधुरा आउटपोस्ट पुलिस अनि स्थानीय मानिसहरूको सहयोगमा उद्धार गरेपछि प्राथमिक चिकित्साका लागि सुकुना अस्पतालमा पठाइयो। उक्त वाहन दुर्घटनापछि निक्कै बेरसम्म घटनास्थलमा वाहनहरूको जाम लागेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *