सिलगढी, 8 नोभेम्बर: सिलगढीमा शान्तिपूर्ण ढंगमा सम्पन्न भयो छठ पूजा। छठ पूजाको अन्तिम दिन आज सिलगढीमा अवस्थित उत्तर बंगालको एकमात्र सूर्य मन्दिरमा श्रद्धालुहरूको निक्कै भीड देखियो। सिलगढीको 46 नम्बर वार्डको समरनगर क्षेत्रमा अवस्थित गीता देवी घाटमा सूर्य मन्दिर छ। हरेक वर्ष झैँ यस वर्ष पनि यहाँ धूमधामको साथ छठ पूजाको आयोजना गरियो। यस दिन बिहान सूर्य मन्दिरमा पूजापाठ गर्न आउने भक्तजनहरूको भीड अत्याधिक रहेको थियो।
यस दिन मन्दिरमा महायज्ञको आयोजना गरिएको थियो। यसको साथै, असहाय व्यक्तिहरूलाई कम्बल वितरण पनि गरियो। कार्यक्रममा 46 नम्बर वार्डका वार्ड काउन्सिलर दिलीप बर्मन लगायत अन्य मानिसहरू उपस्थित थिए।
सिलगढी समरनगरको सूर्य मन्दिरमा श्रद्धालुहरूको भीड

Share this story
More from General
Generalखोरीबारीमा भयानक दुर्घटना, लरीले किच्चाएर व्यवसायीको मृत्यु
खोरीबारी, 10 मई : घर फर्कीरहेको समय एकजना व्यवसायीको भयावह सडक दुर्घटनामा मृत्यु भएको छ। उक्त घटनाले खोरीबारीको पानिट्याङकी नजिकै क्वाटर मोड, एशियन हाईवे 2 क्षेत्रलाई स्तब्ध बनाएको छ। मृतकको नाम बिश्वजीत दास (45) हो, उनी नक्सलबारीको रथखोला निवासी थिए। स्थानीय सूत्र अनुसार, शुक्रबार राति पानीट्याङकीबाट बाइकमा सवार भएर आफ्नो घर फर्कीरहेको समय बिश्वजीत दासको विपरित दिशाबाट आइरहेको एउटा लरीले…
Generalनक्सलबारीको रथखोलामा ट्र्याक्टर र बाइक ठोक्किँदा 3 जना गम्भीर घाइते
खोरीबारी, 2 अप्रेल (निसं): नक्सलबारीको रथखोलामा ट्र्याक्टर र बाइक ठोक्किँदा 3 जना घाइते भएका छन्। प्राप्त जानकारी अनुसार, खोरीबारीको बुरागञ्जबाट एउटा बाइकमा तीन जना सवार भएर नक्सलबारीतर्फ गइरहेको समय विपरीत दिशाबाट आरहेको बालूवा बोकेको ट्र्याक्टर सोझै ठोक्कियो। यस घटनामा बाइकमा सवार 3 जना गम्भीर घाइते भएका छन्। घटनापछि तुरुन्तै घाइते बाइक सवारलाई उद्धार गरेर नक्सलबारी अस्पतालमा पठाइयो। पछि, उनीहरूको अवस्था…
Generalदुधेबाट वनभोज खेलेर फर्किरहेको मालदाको बस दुर्घटनाग्रस्त, 5 घाइते
सिलगढी, 13 जनवरी: दुधेबाट वनभोज खाएर फर्किरहेको समय मालदाको वनभोज खेल्न आएको गाडी गाडीधुराको बुढीपाइ क्षेत्रमा दुर्घटनामा पऱ्यो। आइतबार साँझमा भएको उक्त दुर्घटनामा 5 जना घाइते भएका छन्, जसलाई उपचारको लागि सुकुना हस्पिटलमा लगियो। जानकारी अनुसार मादलाबाट वनभोज खेल्न आएको एउटा दल दुधे खोलाको बगरमा बनभोज खेलेर साँझमा फर्किरहेको समय बसको चालकले नियन्त्रण गुमाइ पठाएपछि अचानक पल्टियो। भाग्यवश, दुर्घटनामा कसैको…
Generalसिलगढीका सक्षम देशभरिमैं टप्पर, NEET परीक्षामा हासिल गरे 720 मा 720 अङ्क
सिलगढी (निसं): सिलगढीका सक्षम अग्रवालले निट परीक्षामा सम्पूर्ण देशभरिमैं शिर्ष स्थान हासिल गरेर एउटा नयाँ इतिहास रचेका छन्। सक्षमले यस परीक्षामा 720 मा 720 अंक प्राप्त गरेका छन्। तिनी सिलगढीको निर्माण विद्याज्योति स्कूलका छात्र हुन्। हुने विरूवाको चिल्लो पात भने झैं सक्षमले सानै उमेरदेखि पढ्नमा औधी रूची राख्थे। उनका पिता पेशाले डाक्टर हुन्। सक्षमको सपना दिल्ली एम्सबाट डाक्टरको पढ़ाई गर्ने…
