सिलगढी : दुर्गा पुजालाई लिएर सिलगढी नगरनिगमले आज दुर्गा पुजा कमिटीहरूसित एउटा बैठक गर्यो। आज सिलगढीको रामकिङ्कर हलमा सहरका पुजा कमिटीका सदस्यहरूसित नगरनिगमले एउटा बैठक गरेर दुर्गा पुजाबारे चर्चा परिचर्चा गरे। कोरोना महामारीले गर्दा गत 2 वर्षदेखि सिलगढीमा साधारण रूपमा दुर्गा पुजाको आयोजना गरिएको थियो भने यस वर्ष सिलगढी नगरनिगमले पर्यावरण हितैषी पुजा गर्ने संकल्प लिएको छ। कोलकाताको कार्निभल झैँ यता सिलगढीमा पनि दुर्गा पुजाको अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिनेछ। पुजा घुम्न आउने मानिसहरूको सुविधाको लागि पुजा गाइड म्याप प्रकाश गरिनेछ भने चाँडै ‘पब्लिक हेल्पिङ एप’ नाम गरेको एउटा एप शुरू गरिनेछ। यसको साथै सीसीटीभीको माध्यमद्वारा नजरदारी गरिने भएको छ। सिलगढी अग्नि शमन विभागको तर्फबाट 2 वटा हेल्पलाइन नम्बर जारी गरेको छ। कुनै प्रकारको समस्या भएको खण्डमा पुजा कमिटी एवम् कर्तृपक्षले 03532501867/03532502222 नम्बरमा सम्पर्क गर्न सक्नेछन्। आजको सभामा डीसीपी जय टुडू, मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकार, नगरनिगम कमिश्नर सोनम वाङ्दी भुटिया लगायत सहरका लगभग 150 वटा पुजा कमिटीका सदस्यहरू उपस्थित थिए।
दुर्गा पुजाबारे सिलगढी नगरनिगमले गर्यो पुजा कमिटीहरूसित बैठक

Share this story
More from Siliguri
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन
सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ। जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती…
