दुष्कर्मका आरोपीहरूलाई बङ्गालमा आश्रय दिइरहेको भाजपा नेत्री अग्निमित्राको आरोप

सिलगढी : भाजपा महिला मोर्चा नेत्री अग्निमित्रा पालले बाघडुग्रा एयरपोर्टमा आज पत्रकारहरूलाई सम्बोधन गर्दै मुख्यमन्त्री ममता ब्यानर्जीले बङ्गालमा हालसम्म कुनै प्रकारको नयाँ उद्योग धन्दा शुरू नगरेको आरोप लगाइन्। अर्कोतिर, राज्यमा बढ्दो दुष्कर्मको घटनाहरूप्रति चिन्ता व्यक्त गर्दै अग्निमित्राले दुष्कर्म गर्ने केही आरोपीहरूलाई राज्य सरकारले आश्रय दिइरहेकोले गर्दा नै यस्ता घटनाहरू घटिरहेको तिनले दावी गरिन्। बंगालमा महिलाहरूमाथि लगातार आक्रमण तथा दुष्कर्म जस्ता घटनाहरू घटिरहेकोले गर्दा यसबारे राज्यकी महिला मुख्यमन्त्रीले कठोर पाइला चाल्नु जरूरी रहेको पनि तिनले बताइन्। तथापि, राज्यकी मुख्यमन्त्रीप्रति कटाक्ष प्रहार गर्दै दुष्कर्मपछि पीडितालाई 10 हजार, 15 हजार रुपियाँ दिएर महिलाको अस्मिताको मोल लगाइरहेको समेत तिनले आरोप लगाइन्। अब यस्ता घटनाहरू बंगालमा बन्द गर्नुपर्ने बताउँदै यहाँबाट सोझै आफू राजगञ्ज जानेबारे जानकारी गराइन्। त्यहाँ तिनले विभिन्न मागहरूलाई लिएर जिल्लाशासकलाई एउटा ज्ञापन पत्र चढाइने भएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwingrandoperabetroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet JojobetjojobetgrandpashabetcasibomjojobetcasibomgrandpashabettipobetGrandpashabet girişesrar satın alchild porn Built with ❤︎ by appycodes