डीवाईएफआई-ले गऱ्यो 16 दिसम्बरमा सिलगढी पुलिस कमिश्नरेट अभियानको आह्वान

सिलगढी, 13 दिसम्बर (निसं): 6 सूत्री मागहरूको समर्थनमा डीवाईएफआई-ले सिलगढी पुलिस कमिश्नरेट अभियानको आह्वान गरेको छ। आज सिलगढीको अनिल विश्वास भवनमा आयोजित एक पत्रकार सम्मेलनमा जिल्ला डीवाईएफआई-का संयुक्त सचिव सागर शर्माले यस बारेमा जानकारी दिएका छन्। उनले बताए अनुसार 16 दिसम्बरमा डीवाईएफआई-का समर्थकहरू सिलगढी महात्मा गाँधी मोडबाट सिलगढी पुलिस कमिश्नरेट तर्फ जानेछन्। विशेष गरेर यो अभियान राज्यभरि पुलिसको क्रूरता र सिलगढीमा आपराधिक घटनाहरूको निरन्तर वृद्धि साथै यसलाई रोक्न पुलिस असफल भएको आरोप लगाउँदै आयोजना गरिने भएको हो। समग्रमा, यो अभियान 6 वटा मागको समर्थनमा गरिने भएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *