ऐतिहासिक किसान आन्दोलनको पहिलो वर्ष गाँठ बाघडुग्रामा पालन

बाघडुग्रा: अखिल भारतीय किसान संग्राम समन्वय कमिटी अनि सीआईटीयु-को तर्फबाट आज ऐतिहासिक किसान आन्दोलनको पहिलो वर्षगाँठ पालन गरियो। बाघडुग्राको बिहार मोडमा किसान आन्दोलनका शहीदहरूलाई श्रद्धाञ्जलि अर्पण गर्नको साथै आन्दोलनको सफलताको लागि सबै मानिसहरूलाई बधाई दिइयो। यस अवसरमा जिल्ला कृषक सभा अध्यक्ष झरेन रायले भने, जबसम्म राष्ट्रपतिले किसान कानुनलाई स्वीकृति दिँदैन तबसम्म आन्दोलन जारी रहनेछ। यस कार्यक्रममा सीआईटीयु जिल्ला कमिटी सदस्य गौतम घोष पनि प्रमुख रूपमा उपस्थित थिए। स्मरण रहोस, 26-27 नोभेम्बर 2020 देखि शुरू भएको देशव्यापी किसान आन्दोलन आज एक वर्ष पुरा भएको छ।


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *