ईस्टर्न बाइपास ठाकुरनगर इलाकामा 2 वटा दोकानमा चोरी

सिलगढी (निसं): सिलगढी सहर संलग्न ईस्टर्न बाइपास ठाकुरनगर इलाकामा 2 वटा दोकानमा चोरी भएको छ। बदमाशहरूले टीनको शेड र सिलिङ काटेर दोकानबाट लाखौँ रुपियाँको मोबाइल र अन्य उपकरण लिएर चम्पट कसेको छ। गत राति ईस्टर्न बाइपास ठाकुरनगर इलाकाको एउटा मोबाइल शप र इलेक्ट्रनिक्स रिपेयरिङ शपको टिनको शेड र सिलिङ काटेपछि बदमाश दोकानभित्र पसेर लगभग 35 वटा मोबाइल फोन, अन्य समान र क्यास बक्सबाट केही हजार रुपियाँ चोरेर चम्पट कसेको बताइएको छ। आज बिहान दुवै दोकानका मालिक दोकान खोल्न आउँदा चोरी भएको थाहा पाएपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर न्यू जलपाईगढी पुलिस घटनास्थलमा पुगेर सीसीटीभी फुटेज छानबीन गरेर घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *