सिक्किम : सिक्किम राज्यमा पनि विस्तारै कोरोना संक्रमितहरूको संख्या बढ्दै गइरहेको छ। यसै क्रममा हिजो बेलुकी सिक्किम राज्य सरकारको स्वास्थ्य विभागका सचिव डा. पेम्पा भुटियाले पुष्टि गरे अनुसार राज्यमा एकै दिनमा नयाँ 4 वटा मामिला देखा परेको छ। यसैले सिक्किम राज्यमा संक्रमित हुनेहरूको संख्या मोठ 7 जना पुगेको छ। यी पुष्टि भएका चारैजना व्यक्तिको ट्राभल हिस्ट्री बाहिरबाट फर्किएर आएपछि क्वारेन्टाइनमा रहेको अनि बाहिरबाट आउनेहरूसितको सम्पर्कमा रहेपछि तिनीहरू संक्रमित भएको बताइएको छ।