सिलगढी (निसं) : सिलगढीमा कल सेन्टरको नाममा चलिरहेको फ्रेन्डशिप क्लबको सिलगढी मेट्रोपलिटनको प्रधान नगर थाना पुलिसले पर्दाफास गर्नको साथै 8 जना महिलालाई पक्राउ गरेको छ। फ्रेन्डशिप क्लबको नाममा मानिसहरूलाई ठगेको तिनीहरू विरूद्ध आरोप रहेको छ।प्राप्त जानकारी अनुसार सिलगढीको मिलनमोड़स्थित एउटा घरमा फ्रेन्डशिप क्लबको नाममा मानिसहरूलाई ठगिरहेको खबर पाएपछि प्रधान नगर थाना पुलिसले सादा पोशाकमा अभियान चलाएर फ्रेन्डशिप क्लब चलाएको आरोपमा 8 जना महिलालाई पक्राउ गरेको बताइएको छ। पक्रा पर्ने महिलाहरूमा कुमारी सिंह (28), फातमा खातून (26), गायत्री छेत्री (33), फुलन सिंह (26),नम्रता गोले (28), सुजाता सिंह (26), अनिशा घोष (26), राखी साहा (30) सामेल छन्। पुलिसले आज ती सबैजना पक्रा परेका आरोपीलाई सिलगढी अदालतमा पेश गऱ्यो। पुलिसले चलाएको अभियान अवधि उक्त बिल्डिङको विभिन्न कोठाबाट मोबाइल सिम कार्डका प्याकेटहरू, मानिसहरूबाट लिएको रूपियाँ-पैसाको लेखाजोखा गरेको कपी लगायत अन्य केही महत्वपूर्ण कागज-पत्रहरू पनि फेला पारेको छ।
उल्लेखनीय रहोस, सिलगढी शहरको गल्ली-गल्लीमा किरायको घरमा अवैध कल सेन्टर तथा फ्रेन्डशिप क्लबको नाममा मानिसहरूलाई ठग्ने गरेको, यौन व्यवसाय तथा कालो बजार चलिरहेको कुरा प्रकाशमा आएपछि पुलिसले लगातार यस विरूद्ध अभियान चलाए पछि यहाँ यस्ता फ्रेन्डशिप क्लबको संख्या धेरै कम्ती भएको थियो भने फ्रेन्डशिप क्लबको नाममा उक्त धन्दा फेरि बिस्तारै मौलाएर गइरहेको उक्त घटनाले स्पष्ट भएको छ। अर्कोतिर, उक्त फ्रेन्डशिप क्लबको मास्टर माइन्डको रूपमा तीन जना व्याक्तिको नाम प्रकाशमा आएपछि पुलिसले तिनीहरूको खोजी शुरू गरेको बताइएको छ।
फ्रेन्डशिप क्लबको नाममा मानिसहरूको रुपियाँ ठगिरहेको आरोपमा सिलगढीबाट 8 महिला पक्राउ

Share this story
More from Siliguri
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन
सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ। जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती…
