फुलबारी, 8 अप्रेल: जटियाकाली मोडमा ग्यास ट्याङ्करको चक्कामुनि पसेर एकजना महिलाको विभत्स मृत्यु भएको छ। यो दुर्घटना मंगलवार बिहान सिलगढी-जलपाइगुढी राष्ट्रिय राजमार्ग अन्तर्गत फुलबारीको जटियाकाली मोडमा भएको हो। प्राप्त जानकारी अनुसार, चम्पासरी क्षेत्रबाट स्कुटीमा सवार भएर दुईजना महिला जटियाकालीको एउटा निजी अस्पतालमा आफन्तलाई हेर्न जाँदै थिए। जटियाकाली मोडमा पुगेपछि पछाडिबाट आइरहेको ग्यास बोकेको ट्याङ्करले स्कुटीलाई धक्का दियो अनि यसपछि दुवै जना महिला स्कुटीसहित सडकमा लडे। तीमध्ये एकजना महिला ट्याङ्करको चक्का मुनि पसेपछि किच्चाएर घटनास्थलमा नै तिनको विभत्स मृत्यु भयो। अर्को महिला गम्भीर घाइते भएको छ।
यस घटनाको खबर फैलिनासाथ आक्रोशित जनताले घटनाको विरोधमा सडक अवरुद्ध गरे। यसपछि स्थिति नियन्त्रणमा ल्याउनका लागि एनजेपी थाना पुलिस र फुलबारी हाईवे ट्राफिक पोस्टका पुलिस टोली घटनास्थलमा पुग्यो। स्थितिलाई नियन्त्रणमा ल्याउन पुलिसले लाठीचार्ज समेत गर्न पऱ्यो। पुलिसको हस्तक्षेप पछि अन्तमा, उक्त अवरोध हटाइयो।
फुलबारीको जटियाकाली मोडमा विभत्स सडक दुर्घटना, ग्यास ट्याङकरले किच्चाएर स्कुटीमा सवार महिलाको मृत्यु

Share this story
More from Siliguri
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन
सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ। जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती…
