फुलबारीमा 70 वर्षीय वृद्धको झुन्डिएको अवस्थामा शव उद्धार

राजगञ्ज : फुलबारीको 2 नम्बर ग्राम पञ्चायतको फुलबारी बजार इलाकामा आज बिहान झुन्डिएको अवस्थामा 70 वर्षीय वृद्धको शव उद्धार भएको छ। मृतक वृद्ध ललित बर्मनको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार प्रतिदिन झैँ हिजो पनि उक्त वृद्ध रातिको खाना खाएर आफ्नो कोठामा सुत्न गएका थिए भने आज बिहानै लगभग 4 बजी परिवारका सदस्यहरूले झुन्डिएको अवस्था तिनको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। मृतक वृद्ध धेरै दिन अघिदेखि अस्वस्थ्य रहेकोले मानसिक तनाउमा परेर आत्महत्या गरेको हुनसक्ने परिवारका सदस्यहरूले अनुमान लगाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *