फुलबारीमा बाँस घारीबाट झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार

राजगञ्ज : फुलबारीमा घर नजिकैको बाँसघारीबाट झुन्डिएको अवस्थामा एकजना व्यक्तिको शव उद्धार भएको छ। मृतक व्यक्ति कनेश्वर बर्मनको रूपमा चिन्हित गरिएको छ। तिनले राजमिस्त्रीको काम गर्ने गर्दथे। प्राप्त जानकारी अनुसार आज बिहानै फुलबारी 2 नम्बर ग्राम पञ्चायतको छोबाभिटा निचपाडा इलाकामा घर नजिकैको बाँस घारीबाट झुन्डिएको अवस्थामा कनेश्वर बर्मनको शव उद्धार भएको बताइएको छ। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रलेजनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *