फुलबारी महानन्दा ब्यारेज संलग्न इलाकामा अज्ञात महिलाको शव उद्धार

राजगञ्ज: फुलबारी महानन्दा ब्यारेज संलग्न इलाकाबाट अज्ञात महिलाको शव उद्धार भएपछि इलाकामा सनसनी फैलिएको छ। तथापि, खबर लेखुञ्जेलसम्म उक्त मृतक महिलाको परिचय जुटाउने सकेको छैन। प्राप्त जानकारीअनुसार आज फाँसीदेवा ब्लकमा फुलबारी महानन्दा ब्यारेज संलग्न इलाकामा केही स्थानीय जालहारी माछा मार्न गएको समय अज्ञात महिलाको शव देखेपछि घटनाबारे फाँसीदेवा पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस  घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *